कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

लालमणि काफ्ले ,दक्षिण कोरिया 

कोरियामा दक्ष कामदार अथवा E7 भिषा कसरि प्राप्त गर्न सकिन्छ, यो कुरा धेरैको कौतुहलताको बिषय बन्दै आएको छ l लगनशीलता ,र मेहनतको प्रतिफल नै भन्नु पर्दछ मेरो अनुभबमा  दक्ष कामदार  E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ l म आफ्ना केहि अनुभब हरुलाइ जस्ताको तस्तै प्रस्तुत गर्ने जमर्को गर्दै छु l
बिगत १० बर्ष अर्थात 2006 देखि कोरिया को छल्लाबुक्दो को छन्जु मा एक मोटर पार्ट कम्पनी मा कार्यरत छु  l तेतिबेला eps सिस्टम नभएकोले मुनड्र्ब्स ओवर्सिज मार्फत झन्डै ६ लाख तिरी कोरिया प्रवेश गरेको हु । सम्भबत त्यस ताका 20 बर्से कलिलो उमेरमा कोरिया प्रवेश गर्ने म  लगायत अरु पनि एक दुई जना थियौ होला l सबै जनाले मुखामुख गरेर सोध्ने गर्थे  यस्तो  सानो उमेरमा किन कोरिया आएको  भनेर ? हुन पनि होला सायद धेरै पातलो शरीर , मनिल अनुहार र सानो उमेर भएकोले पनि होला l कोरिया प्रवेश गरेको तीन दिन पछी कम्पनी मा प्रवेश गरियो । दुब्लो शरीर सानो उमेर देखेर होला सायद कम्पनी साहु ले पनि सजिलो आफुले गर्न सक्ने खाल को काम परिदियो ।
बिगत १० बर्ष देखी लगातार एउटै कम्पनी मा काम गर्दै आएको छु।हुनत ३ बर्ष को लागि training visa मा कोरिया प्रवेश गरेको हु । 2008 पछी EPS सिस्टम लागू भए पछी म पनि पुरा १० बर्ष पुरा गर्न पाउने भए । यसरी कोरिया मा पुरा अबधी सकिन अब १ बर्ष मात्र बाकी थियो सबै को सुझाव अनुसार कोरिया को दक्ष कामदार को रूपमा आफुले चाहेजती बस्नपाउने visa E7 लिनेे निर्णय गरे ।  तर त्यसको लागि बिभिन्न चुनौती हरु थिए म संग l एकातिर कम्पनिको काम अर्को तिर भाषा अध्यन गर्नको लागि राम्रो ठाउँको अभाब , तैपनि मेहनत गरेपछि एक दिन अबस्य सफल भैदो रहेछ भन्ने मेरो अनुभब छ l
 E7 visa लिन को लागि  विभिन्न किसिम को नियम हरु रहेछ  जस्तै 
1)कम्पनी पुरी सानब  हुनुपर्ने 
2) कम्पनी मा 50 जना कामदार हुनु पर्ने र 10 जना बिदेशी  हुनु पर्ने
3)बार्सिक तलब  3 करोड 10 लाख वन हुनु पर्ने (कर काटेको सहित)
4) कम्पनी पुरी सानब  भएमा भासा परिक्षा दोस्रो लेबल तथा सैक्षिक योग्यता इन्टर वा सो सरह हुनुपर्ने 
 पुरीछानप नभए  टोपिक परिक्षा तेस्रो लेबल तथा सैक्षिक योग्यता  ब्यचलर वा सो सरह हुनुपर्ने 
5)कम्पनी मा विशेष काम को दक्षता हुनु पर्ने र सो को आधारमा कम्पनी ले सिफारिश गर्नु पर्ने
6)कोरिया बसाईमा कुनै पनि गैरकानुनी कार्य नगरेको हुनुपर्ने 
नोट - यदी  माथिका सबै विवरण नपुगी झुटा विवरण पेस गरेकोमा कारबाही गरि उसको देश सम्म पठाउने प्राबधान रहेको रहेछ।
अनुभवहरु- माथी उल्लेखित सम्पुर्ण प्रक्रिया पुरा भएको हुँदा E 7 visa लिनेे सोच बनाए।
सर्बप्रथम भासा परिक्षाको लागि कोरियान  साथिको साएताले अनलाइन फारम भरे।परिक्षा तैयारी का लागि नजिक कुनै पनि कोरिएन भासा ईन्स्टिच्युट  नभएकोले दिनको एक घन्टा ईन्टरनेट युटियूव मार्फत topic exam सर्च गरि अध्यन सुरु गरे । यसरी  तयारी गरेपश्चात छन्बुक युनिभर्सिटी को topik exam मा सामेल भए ।
परिक्षा दिएको एक महिना पछी नतिजा प्रकाशित भयो र दोस्रो लेभल उतिर्ण गर्न सफल  भए । सबै प्रक्रिया पूरा गरि कम्पनी साहु को साथमा आबेदन दिन नजिकैको अध्यगमन बिभाग गइ सम्पूर्ण कागज हरु पेस गरे । 
यसरी  आबेदन स्वीकृत भइ दुई हप्ता पछी E 7visa प्राप्त गर्न सफल भएको कुरा मोबाइल माsms मार्फत प्राप्त  गरे।
एसप्रकार ले E 7visa प्राप्ति संगै परिवार को साथमा कोरिया बसोबास गर्ने सपना साकार भएको छ । 
बिगत दस बर्ष को कोरिया बसाई मा फुर्सद को समयमा केही सामाजिक काम पनि गर्दै आएको  छु ।  छल्लाबुक्दो नेपाली समाज दक्षिण कोरिया को सस्थापक सचिब को रूपमा काम गर्दै आएको छु । यसको साथसाथै छल्लाबुक्दो मा हुने विभिन्न भासा को समस्या हरु पर्ने गर्दा    तथा नजिक को प्रहरी कार्यलय बाट फोन आउने गर्दा कहिले काहीं दोभासे को पनि काम गर्ने गरेको छु। 
        लालमणि काफ्ले गुल्मी हर्दिनेटा घर भइ हाल दक्षिण कोरिया

Previous
Next Post »

1 comments:

Click here for comments
11 April 2018 at 11:13 ×

Not bad

Congrats bro Deepak Dhakal you got PERTAMAX...! hehehehe...
Reply
avatar