इपिएस भाषा परिक्षा को लागि ८३ हजार बढीको आवेदन

रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेका लागि खुलेको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको आवेदन दिने म्याद शनिबार सकिएको छ । गत चैत ८ गतेदेखि १० दिनको लागि खुला गरिएको आवेदनमा ८३ हजार बढीले आवेदन दिएका छन् ।इपिएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीकाअनुसार ८३ हजार बढीले आवेदन दिएका हुन् । तर, कोरियाले यसपटक नेपाली कामदारहरूको लागि ७ हजार एकसय जनाको मात्र कोटा निर्धारण गरेको छ । त्यसमध्ये उत्पादनमूलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३ सय जनाको कोटा निर्धारण गरको छ

Previous
Next Post »