कार्यस्थल परिवर्तनसम्बन्धि नियम 제25조(사업 또는 사업장 변경의 허용)
1- साहुले कुनै कारण कम्पनिको एग्रिमेन्ट समाप्त गर्न खोजेमा एग्रिमेन्ट सकिन लागेको र एग्रिमेन्ट नगर्ने भएमा,
2- कामदारको कारण नभै कम्पनिमा लगातार कामको कमि भएमा श्रम तथा रोजगार मन्त्रीबाट नै जारी भएको खण्डमा
3- चोट लागेको र कम्पनिमा काम गर्न लगातार असमर्थ भएमा अर्को कम्पनिमा काम गर्न सक्ने कुरामा प्रमाणित भएमा,
श्रम तथा रोजगार कानुन अनुसार कामदारको कारण नभै कम्पनिमा लगातार काम गर्न नसकिने र कार्यस्थल परिवर्तन गर्नुपर्ने अवस्थाको प्रमाण भएमा तल दिइए अनुसार नियम लागू हुनेछ ।
1-यदि कम्पनि निलम्बन, बन्द भएर लगातार काम गर्ने अवस्था नभएमा,
A. काम नभएर कम्पनि बन्द भएमा र कम्पनि टाट पल्टेको प्रमाण भएमा
1) कम्पनिको कारण कामनभएर बन्द भए
① पहिलेको तलब भन्दा कम्पनि छोड्ने आवेदन दिने बर्ष २ महिनासम्म ७०% भन्दा कम पाएको खण्डमा
② पहिले महिनाको तलबमा कम्पनि छोड्ने आवेदन दिनु भन्दा अघि १ बर्षमा ६महिनासम्म ९०% भन्दा कम पाएमा,
– कम्पनि बन्द हुने शंका लागेमा काम नभएर बन्द हुनु भन्दा ४ महिना अघि कार्यस्थल परिवर्तनको लागि आवेदन दिन सक्नु हुन्छ ।
२) कम्पनि बन्द वा टाट पल्टेमा,
१) कम्पनि बन्द र कम्पनि समाप्तिको आवेदन दिएमा
२) टाट पल्टेको प्रमाणित भएमा
३) कम्पनि बन्द भएर पुन: शूरु नहुने अवस्था भएमा
B. व्यवस्थित आवश्यकता अनुसार खारेजि र सिफारिश
व्यवसायी, स्थानान्तरण वा कम्पनि व्यवसायको स्थानान्तरणको कारणले कर्मचारीहरूको संख्या घटाउन आवश्यक भएमा, केहि कारोबारको कमि वा अन्त्य, कम्पनिको काम र फेरबदल, पुनर्निमाणको उन्मूलन, कार्य प्रकारको परिवर्तन नयाँ प्रविधि (मेशीनरी) मा परिवर्तन भएमा,
C. परियोजनाको पूर्णता, ब्यसाय समाप्ति आदि
कम्पनिको बिभिन्न कारण काम गर्न नमिल्ने र कामदार संख्या घटाउनु पर्ने भएमा,
D. कोरियामा झरेपछि कम्पनि सुरु हुन अघि कम्पनिको कारण कम्पनि बिपरित भएको खण्डमा
कम्पनिको एग्रिमेन्ट समाप्ति भएको सुरुको कम्पनिबाट कम्पनि साहुको गल्तिले एग्रिमेन्ट परिवर्तन आदि कारणले कामदारलाई काममा राख्न नमिल्मे वा काम गर्न नमिल्ने अवस्था भएन भए,
2. कम्पनिले श्रम नियम उल्लङ्घन गरेर लगातार काम गर्न नसक्ने भएमा,
A. श्रम नियम उल्लङ्घन
१) कम्पनिमा काम गरिसकेपछि तलब तथा काम गर्ने समयमा २०% कम भएर त्यसपछि कामको क्रमलाई अगाडि बढाउने अवस्था नभएमा, कार्यस्थल परिवर्तन आवेदन दिएको १ बर्ष भित्र २ महिना अगाडि दिएको खण्डमा,
२) कार्यावधी कामदारको जानकारीबिना १ महिना भन्दा बढी लगातार कम्पनिले श्रम नियम उल्लङ्घनको कारण काम गर्न नसकिने प्रमाण पाइएमा (कम्पनिको अवस्था र परिस्थिति हेरेर )
३) श्रम सुरक्षा नियम उल्लङ्घन ३ पटकसम्म कम्पनि बन्दको कारण,रोग लागेर १ महिनासम्म कम्पनिबाट कुनै सुरक्षाका कुनै व्यवहार नभएर कम्पनिमा काम गर्न नसकिने भएमा,
B. तलब नदिने र तलब दिनलाई ढिलाई
१) १-३ नम्बरमा एउटा कारणले लगातार काम गर्न नसकिने भएमा,
१- तलब नपाएमा
२- बढेको तलब नपाएमा,
३) तलबको ३०% ढिलो २ महिनासम्म नपाएमा
२) तलब नदिने अनि समयमा नदिने घरि घरि दोहोरिको खण्डमा लगातार काम गर्न नसकिने स्वोकारिएमा,
३) १ र २ को नियम तलब बेलामा नदिइ रहेको अवस्था ४ महिनासम्म सुचना हुनु भन्दा पहिले कार्यस्थल परिवर्तन आवेदन स्विकार हुनेछ ।
C. अन्यायपूर्ण व्यवहार र न्याय (आक्रमण, बानी मौखिक दुरुपयोग, यौन उत्पीडन, यौन आक्रमण, अव्यावहारिक भेदभाव, आदि)
१) कम्पनि साहुले (आक्रमण, बानी मौखिक दुरुपयोग, यौन उत्पीडन, यौन आक्रमण, अव्यावहारिक भेदभाव, आदि) व्यवहारको कारण काम गर्न नसकिने भएमा,
२) साहुले राष्ट्रियता, धर्म, लिङ, शारीरिक असक्षमता आदि कारणले भेदभाव गरेको खण्डमा,
D. आवास र आवास प्रावधानको उल्लङ्घन आदि (२०१८-४-१ देखि)
१) बस्नलाई प्लास्टिकको कोठामा राखिएको र श्रम तथा रोगगार साखा प्रमुखको आदेशको प्रवाह नगरि राखिएको खण्डमा,
२) कम्पनिले श्रम एग्रिमेन्ट अनुसार नगरि फरक प्रकारले कामदारलाई राखिएमा,
३) कम्पनि साहुले कुनै पनि पेपर कामदारको भाषामा अनुबाद नगरि कामदारको लिखित सहमति बिना गरिएको मान्यता हुने छैन ।
E. विदेशी श्रमिकहरूको अधिकारको संरक्षणका लागि काउन्सिलको कार्यस्थल परिवर्तन गर्न अनुमति:
माथी A र D मा उल्लेख भएका सम्बन्धित कारण जसमा निर्णय गर्न कठिन भएमा कार्यस्थान परिवर्तन कम्पनि र कामदारबीच प्रमाणिकरण डेटा को कमी भएमा उचित परामर्शको परिणामको अनुरूपमा, कार्यस्थललाई परिवर्तन गर्न अनुमति छ।
३- रोजगारी अनुमति समाप्ति तथा सिमित रोजगार
नियम अनुसार रोजगार अनुमति समाप्ति पाएको सिमित रोजगार प्रणाली अनुरुप अझ बढी रोजगारी बढावा लगातार काम गर्न नसकिने अवस्था भएमा
Next
« Prev Post
« Prev Post
Previous
Next Post »
Next Post »
Subscribe to:
Post Comments (Atom)
ConversionConversion EmoticonEmoticon