नेपाली नर्स राेजगारीका लागि काेरिया जान सक्ने

पत्रपत्रिका । वैदेशिक राेजगारीकाे लागि पछिल्लाे समय नेपाली युवाकाे प्रमुख राेजार्इ बनेकाे  द.काेरयामामा नर्स लगायत प्राविधिक कामदार पठाउन सरकारले पहल सुरू गरेकाे समाचार अाजकाे काराेबार दैनिकले लेखेकाे छ ।

ईपीएस अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग थप्दै लगेकाे काेरियाले दक्ष कामदारका रूपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो काराेबारले लेखेकाे छ।

नेपाल सरकारले अदक्ष कामदार मात्र कोरिया गइरहेको भन्दै दक्ष कामदारका रूपमा नर्सलाई रोजगारी दिन अनुरोध गरेपछि कोरियाली पक्ष सकारात्मक रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।

अाम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक र कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियासँग नेपाली नर्सका लागि रोजगारी दिन अनुरोध गरेको हो।

Previous
Next Post »