दक्षिण कोरियामा कम्तिमा तीन वर्ष वैधानिक ढंगबाट कार्यरत रहेका र पुनः कोरिया जान चाहेका युवाहरूको वैशाख १७ गतेदेखि परीक्षा सञ्चालन हुने भएको छ । चैत २१, २२ र २३ गते आवेदन दिएका युवाहरूको परीक्षा वैशाख १७ गतेदेखि हुने भएको हो ।
इपिएस कोरिया शाखाका अनुसार करिब एक महिना सम्म कम्युटरमा आधारित विशेष परीक्षा सञ्चालन हुने छ । यस पटक ३ हजार १ सय ५८ जनाले सिविटि परीक्षाको लागि आवेदन दिएका इपिएस कोरिया शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिएका छन् । सिविटि परीक्षामा सहभागी हुन पाउने व्यक्तिहरूको नामावली नै कोरियाको मानव संधाधन विकास एचआरडीले पठाउने खनालले बताए । कोरियाको कानूनमा अवैधानीक नभएको व्यक्तिहरूको मात्र नामावली कोरियाले बठाउने गर्छ ।
प्रत्येक दिन ३०/३० जनाको ४ वटा सिङ्खट गरेर १ सय २० जनाको परीक्षा सञ्चालन हुने भएको छ । यस किसीमको परीक्षामा उत्तिर्ण हुने सबै कोरिया जान पाउने छन् ।उक्त परीक्षा सन् २०१७ को लागि एचआरडीले स्थगित गरेको थियो । अघिल्ला वर्षहरूमा थोरै संख्यामा परिक्षार्थीहरू रहने भएतापनि २०१७ मा स्थगित भएको कारण आवेदन दिने हरूको संख्या बढी रहेको बताइएको छ ।
Published on Eprabhav Daily
ConversionConversion EmoticonEmoticon