सि.बि.टि परिक्षाको समय तालिका प्रकाशित

दक्षिण कोरियाबाट इपिएस मार्फत रोजगारी गरेर फर्केका इपिएस कामदारहरुले दिने पुन : विशेस कोरियन भाषा परिक्षाको समय तालिका इपिएस ग्वार्कोले सार्वजनिक गरेको छ । कम्पुटरमा आधारित सन २०१८ को अर्ध वार्षिक कोरियन भाषा विशेस परिक्षाको लागि ३१५५ जना कोरिया बाट रोजगारी गरेर फर्केका इपिएस कामदारहरुको नामवली प्रकाशित भएको छ । इपिएस ग्वार्को नेपालको भनाइ अनुसार करिब एक महिना सम्म कम्युटरमा आधारित विशेष परीक्षा सञ्चालन हुनेछ । यस पटक ३ हजार १ सय ५८ जनाले सिविटि परीक्षाको लागि आवेदन दिएका इपिएस कोरिया शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिएका छन् ।
प्रत्येक दिन ३०/३० जनाको ४ वटा सिफ्ट गरेर १ सय २० जनाको परीक्षा सञ्चालन विहान ९ बजे देखी हुने भएको छ । सि.बि.टि परिक्षा सन् २०१७ को लागि एच.आर.डीले स्थगित गरेको थियो । अघिल्ला वर्षहरूमा थोरै संख्यामा परिक्षार्थीहरू रहने भएता पनि २०१७ मा स्थगित भएको कारण आवेदन दिनेहरूको संख्या यो पाली बढी रहेको बताइएको छ । यो विशेस परिक्षा बैशाख १९ गते , सन २०१८ अप्रिल ३० गते देखी इपिएस एच.आर.डि कोरियाको सि.बि.टि परिक्षाहल ग्वार्को सातदोबाटोमा सन्चालन हुनेछ। यस् पाली भन्ने सुनुवाई र् पढाई गरेर जम्मा ४० वटा प्रश्न २०० पुणाअंकको प्रश्नहरु सोधिने इपिएस ग्वार्कोले जानकारी दिएको छ । यस् अघी २०० पूर्णान्कको ५० वटा प्रश्नहरु सोध्ने गर्थ्यो ।

इपिएस परिक्षार्थीको नामवली www.epsnepal.gov.np लिन्कमा क्लिक गरेर हेर्नुहोला।

Previous
Next Post »