भाषा परीक्षामा उत्तीर्ण १९ सय जना कोरिया जान नपाउने

आठौं कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार १ सय ८ जनामध्ये एक हजार ९ सय जना रोजगारीका लागि कोरिया जान नपाउने भएका छन्।

आगामी वर्ष कोरियाले १० हजार २ सय नेपालीहरुलाईमात्र लिने भएपनि समान अंक ल्याउने परीक्षार्थीहरु धेरै भएकोले मागभन्दा बढी उत्तीर्ण भएका इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए।

आगामी वर्षका लागि कृषितर्फ ६ हजार २ सय जनाको कोटा भएपनि यो क्षेत्रमा ७ हजार ५ सय ७८ जना भाषा परीक्षा उत्तीर्ण भएका छन्।

त्यस्तै औद्योगिक क्षेत्रमा ४ हजार माग भएकोमा ४ हजार ५ सय ३० जना उत्तीर्ण भएका छन्।

Previous
Next Post »