कोरिया आकर्षणः पहिलो दिनमै ३० हजारले बुझाए पैसा
कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ।
पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बैंकमा पैसा जम्मा गरेका छन् । भाषा परीक्षाका आवदेनमा मात्रै नेपाली युवाले पहिलो दिन ७ करोड ५३ लाख ग्लोबल बैंकमा बुझाएका छन् । पहिलो दिन मै ३० हजारभन्दा बढी युवाले भाषा परीक्षाका लागि ग्लोबल बैंकमा २४ डलर (२५१० रुपैया) भुक्तानी गरिसकेको शाखाका प्रवक्ता शोभाकर पराजुलीले बताए। बिहीबार बैंकमा रकम जम्मा गरेका युवाले शुक्रबार मात्रै अनलाइन आवेदन दिन सक्छन् ।

ईपीएस परीक्षाको फारम चैत्र ८ देखि १७ गतेसम्म १० दिनको समय तोकेको ईपीएस कोरिया शाखाले तोकेको छ । अनलाइन आवेदन दिने युवाको उमेर १८ वर्ष पूरा भएको ३९ ननाघेको हुनुपर्छ। आवेदन दिँदा इमेल आईडी र फोन नम्बर अनिर्वाय गरिएको छ। आरपी पासपोर्ट र फोटो समेत स्क्यान गरेर आवेदन समीट गर्नु पर्ने पराजुली बताउँछन्।भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ।परीक्षा केन्द्र काठमाडौं र पोखरा तय भएको छ।पोखरामा १२ हजार मात्रै सहभागी हुन पाउनेछन् ।
स्नातकोत्तर अध्यय पूरा गरेका युवा रोजाइमा समेत कोरिया परेको शाखामा निर्देशक कृष्णप्रसाद खनाल बताउँछन्। कोरियाले आगामी वर्षका लागि ७ हजार १ सय जना कामदारलाई परीक्षाबाट छनोट गर्ने भएको छ । त्यसमध्ये उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ८ सय जना र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार ३ सय जनालाई उत्तीर्ण गराउने भएको छ
ConversionConversion EmoticonEmoticon