जापानमा हाल कम्पनीहरू मजदुर अभावकोअवस्थाको सामना गरिरहेका छन् । पाका उमेरका मानिसको संख्यामा भएको वृद्धिले काम गर्ने मानिसको संख्यामा कमी आउँदै गएको छ । यसले विश्वकै तेस्रो ठूलो अर्थतन्त्र समस्यामा पर्न सक्ने आकलन गरिएको छ ।
मे महिनामा जापानको बेरोजगारी दर २५ वर्षकै न्यून बिन्दुमा ओर्लिएको सरकारी तथ्यांकले देखाएको छ । यो अवस्थालाई अर्थतन्त्र सबल भएको संकेतका रूपमा हेरिएको छ । तर जनसंख्यामा आएको संकुचनले कामदारको अभावको अवस्था सिर्जना भएको छ ।
बेरोजगारी दर २.२ प्रतिशत कायम भएको छ । यो अप्रिलको २.५ प्रतिशतकै हाराहारीमा रहने भनी गरिएको बजारको अपेक्षाभन्दा पनि कम हो । यो बेरोजगारी दर १९९२ को अक्टुबरदेखिकै न्यून भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
आवेदकका लागि रोजगारी खुलाको अनुपात ४४ वर्षकै उच्च कायम भएको छ । यो अघिल्लो महिनाको १.५९ बाट १.६० मा पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ । जाापानमा हाल १ सय रोजगारी खोज्नेका लागि १६० रोजगारी उपलब्ध छ ।
जापानमा हाल कम्पनीहरू मजदुर अभावको अवस्थाको सामना गरिरहेका छन् । पाका उमेरका मानिसको संख्यामा भएको वृद्धिले काम गर्ने मानिसको संख्यामा कमी आउँदै गएको छ । यसले विश्वकै तेस्रो ठूलो अर्थतन्त्र समस्यामा पर्न सक्ने आकलन गरिएको छ ।
यो विषय समाधान गर्नका लागि प्रधानमन्त्री सिन्जो आबे र उनको मन्त्रिपरिषद्ले गत महिनाको सुरुमै विदेशबाट कम सीप भएका मानिसलाई स्वागत गर्ने योजना स्वीकृत गरेको थियो । यो अवस्थामा विदेशी मजदुर भिœयाउन अनिच्छुक देखिएको सरकार आफ्नो पूर्ववत् अवस्थाबाट फर्किएको जस्तो देखिएको छ ।
कसिलो अवस्थाको श्रम बजारका बाबजुद पारिश्रमिकको वृद्धि पनि न्यून देखिएको छ । यसले मुद्रास्फीतिलाई २ प्रतिशतमा पु¥याउने जापानी पर्याय पनि व्यर्थमा गएको छ ।
पुरुषका लागि बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले ओरालो लागेर २.४ प्रतिशत कायम भएको छ । यसैबीच महिलाका लागि बेरोजगारी दरमा ०.१ बिन्दुले गिरावट आएर २ प्रतिशत कायम भएको छ ।
“श्रम बजारको अवस्थामा पनि ठोस रूपमा सुधार भइरहेको छ,” आन्तरिक मामिला मन्त्रालयका अधिकारीले बताएका छन् ।
आवधिक मिलानका आधारमा जापानमा ६ करोड ६७ लाख ३० हजार कामदार रहेका छन् । यो अघिल्लो महिनाको तुलनामा ०.३ प्रतिशत अर्थात् २ लाखले कम हो । पुरुष कामदारको संख्यामा ९० हजार वृद्धि भएर ३ करोड ७२ लाख ५० हजार पुगेको छ भने महिलाको संख्यामा २ लाख ९० हजारले गिरावट आएर २ करोड ९४ लाख ८० हजार कायम भएको छ ।
“यो गिरावटलाई अप्रत्याशित मानिएको छ । विशेष गरी महिलाले जनवरीदेखि मार्चसम्मको अवधिमा अस्थायी रूपमा सहभागीता जनाएपछि श्रम बजार छोडेका छन्,” एसएमबीसी निको सेक्युरिटिजका एक अर्थशास्त्री कोया मियामेले बताए ।
बेरोजगार मानिसको संख्या १५ लाख १० हजार छ । यो अघिल्लो महिनाको तुलनामा १२.२ प्रतिशत अर्थात् २ लाख १० हजारले कम हो । कामविहीन पुरुषको संख्यामा १ लाख ८० हजारले गिरावट आएर ९ लाख कायम भएको छ भने कामविहीन महिलाको संख्यामा ४० हजारले गिरावट आएर ६ लाख १० हजार कायम भएको छ ।
एजेन्सी
ConversionConversion EmoticonEmoticon